नेपालले जित्यो काभा बिच भलिबलको महिलातर्फको उपाधि

काठमाडौँ ।  भुटानको थिम्पुमा शनिबार  सम्पन्न काभा बिच भलिबलको महिला तर्फ नेपालकी कमला र मनीषाको जोडी उपाधि जित्न सफल भएका छन् । 

उज्बेकिस्तान खेलाडीलाई लाई २-० को सोझो सेटमा हराउँदै कमला पुन‌ र मनीषा चौधरीको‌ जोडी उपाधि जित्न सफल भएका हुन ।  उनीहरुले  २१-१७ र २१-१४ को जितसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।

पुरुष तर्फ भने नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी उपबिजेतामा बनेका छन् । उनीहरु मालदिभ्स ए टिमका खेलाडीसँग  २-० को सोझो सेटमा पराजित हुँदै उपाधि जित्न असफल भएका हुन ।

यस प्रतियोगितामा पुरुष तर्फ १० टोली र महिला तर्फ ७ टोलीको सहभागिता रहेको थियो । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।