४४३ किलो गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं, ४ मंसिर । ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय कन्टेनर गाडीमा फल्स बटम बनाई लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा उनीहरूलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान ९ बजेतिर इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने क्रममा चालक सिट पछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाइछिपाई ल्याइएको अवस्थामा ४४३ किलो गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार बरामद गरिएको गाँजासहित कन्टेनर चालक सत्यम कुमार र सहचालक रौनक कुमारलाई पक्राउ गरी बरामद गाँजाको सम्बन्धमा थप अनुसन्धानसमेत भइरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖