उदयपुरबाट ५४ किलो गांजा सहित एक जना पक्राउ
उदयपुर । उदयपुरबाट गांजा सहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पुष १३ गते उदयपुरगढी गाउपालिका १ धेप्छेबाट ५४ केजी गाँजा सहित उदयपुरको ताप्ली गाउपालिका वडा नं. १ बस्ने वर्ष ३६ को चित्र बहादुर मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


