झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । झापा कचनकवलकी एकजना महिलाको स्थानीय वनमा दाउरा खोज्न जाँदा हात्ती आक्रमणमा मृत्यु भएको छ ।

कचनकवल ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी स्थानीय ३५ वर्षीया केलावत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
आज मध्यान्ह दिपज्योति सामुदायिक वनमा उनीसहित स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएका थिए ।

उनीहरुलाई एउटा जंगली हात्तीले लखेटेको प्रहरीले जनाएको छ ।राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै उनी घाइते अवस्थामा भेटिएकी थिइन् ।

उनलाई साँझ ४ः४० बजे उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा साँझ ५ः१० बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन्। -सुन्दरहरैचा अपडेटबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖