झापातर्फ सिमेन्ट बोकेर आइरहेको ट्रक दुर्घटनाग्रस्त
मोरङ । मोरङमा सवारी दुर्घटना भएको छ ।
जिल्लाको सुन्दर हरैचा नगरपालिका-७ स्थित महेन्द्र राजमार्गमा झापातर्फ सिमेन्ट बोकेर आइरहेको ट्रक दुर्घटनाग्रस्त भएको छ।
स्थानीयका अनुसार रातको १२ बजे ट्रक चालक वाहनबाट तल खसेको हो ।


