बिराटनगरमा अधिकांश रात्रीकालीन व्यवसाय मापदण्डविपरीत सञ्चालन

विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ ।

अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो । रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो । समितिले २२ वटा रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको हो ।

अनुगमन गरेका होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टमध्ये १२ वटाले ध्वनि प्रदूषण गरेको पाइएको छ । १० वटाले पनि ध्वनि प्रदूषण नियन्त्रणका उपायहरु अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन १३ वटाले नगरेको, १८ वटाले पोशाकको व्यवस्थापन नगरेको, सुरक्षा गार्डको व्यवस्थापन १७ वटाले नगरेको, आवासको व्यवस्थापन ४ वटाले नगरेको, अनुगमन गरिएका सबैमा आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको छ ।

अनुगमन गरेका सबैमा सिसी क्यामेरा भने जडान गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार केही सिसी क्यामेरा भने मर्मत गर्नुपर्ने अवस्था देखिएको छ । व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा रहेको पनि देखिएको प्रतिवेदनमा औंल्याइएको छ । अनुगमन गरेका २२ रात्रीकालीन होटल व्यवसायमा ३१९ जनाले प्रत्यक्ष रोजगारी पाएको मेयर कोइरालालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई महानगरले सुधार गर्न पत्रसमेत पठाइसकेको छ । गत पुस ४ गते मेयर कोइरालाको अध्यक्षतामा बसेको व्यवसायीसहितको सरोकारवालाहरुको बैठकले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । समितिमा महानगरको राजस्व शाखाका कर्मचारी बासुदेव भण्डारी, रात्रीकालीन होटल व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, होटल व्यवसायी बविता चौधरी, नारायण तिम्सिना सदस्य रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।