इलाममा इस्कुसको झ्याङमुनि एक बालिका मृत फेला
इलाम । इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि एक बालिका मृत भेटिएकी छन्।
माङसेबुङ तोभाङकी स्थायी बासिन्दा तथा हाल माङसेबुङ–१ देउरालीस्थित मामाघरमा बस्दै आएकी सुरेन्द्र राईकी १० वर्षीया छोरी सुप्रिया राई गएराति करिब ९:१० बजे मामाघरबाट करिब १०० मिटर पूर्वमा रहेको इस्कुसको झ्याङमुनि मृत अवस्थामा भेटिएकी हुन्।
घटनाबारे अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको छ।


