मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

बेलबारी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्री वृद्धको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई पैदल हिँडिरहेका बेला मोटरसाइकलले दिउँसो १ः१५ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले विराटनगरको कोशी अस्पताल पठायो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–२ का २५ वर्षीय सुमन कटुवाल र पछाडि सवार ३२ वर्षीय सञ्जय पासवान घाइते भएका छन् । प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य छ ।मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖