विराटनगर महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । सोमबार मानव सेवा आश्रममा ६३ जनाको स्वास्थ्य जाँच गरिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दीपक भट्टराईले जानकारी दिए ।

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, ३ नम्बर वडाका अध्यक्ष बासुबहादुर बस्नेत, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्कीलगायतको उपस्थितिमा भएको शिविरमा ६३ जनाको प्रेसर, मधुमेहको जाँच, ३९ जनाको फिजिसियन सेवा, २४ जनाको मानसिक स्वास्थ्यसम्बन्धी सेवा, १० जनाको आँखा जाँचलगायतका सेवा प्रदान गरिएको थियो ।

नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको गत बिहीबार महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । शिविरमा आँखा, नाक, कान, घाँटी, छालासहितको चेकजाँच गरिनेछ ।

महानगरका अनुसार अब माघ १५ गते मंगलबार ज्येष्ठ नागरिक समिति तथा योग ध्यान केन्द्र विराटनगर–११, १८ गते विराटनगर–१३ स्थित पूर्वाञ्चल बालसेवा आश्रम, माघ २२ गते ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगर–३ र २३ गते विराटनगर–१० स्थित मानव सेवा आश्रममा शिविर सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।