मोरङबाट लागुऔषध सहित दुई जना पक्राउ
मोरङ, माघ १७ गते । मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १६ गते सुन्दरहरैचा नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा केराबारी गाउँपालिका-५ का ३२ बर्षीय यादव बिश्वाकर्मलाई ट्रमाडोल र स्पास्पेन गरि जम्मा १५५ ट्याब्लेट सहित पक्राउ गरेको हो भने प्रहरी चौकी हसन्दहले पथरीशनिश्चरे नगरपालिका-५ का २१ बर्षीय दुर्गा ऋषिदेवलाई ट्रमाडोल र स्पासपेन गरी जम्मा ८० ट्याब्लेट सहित निजकै घरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


