बिर्तामोडमा साथीसँग घुम्न गएको भन्दै छोरीमाथि निर्घात कुटपिट, आमाले उजुरी दिएपछि समातिए बुबा

झापा । झापाको बिर्तामोड नगरपालिकामा साथीसँग घुम्न गएको भन्दै छोरीमाथि निर्घात कुटपिट गर्ने बुबा प्रहरीको फन्दामा परेका छन् ।

साथीसँग घुम्न गएको भन्दै १५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का ४५ वर्षीय प्रकाश भनिने निरकुमार विष्ट पक्राउ परेका हुन् ।

छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विष्टले साथीसँग घुम्न गएको भन्दै छोरी स्वस्तिको पिलासले टाउको फुटाइदिएका थिए । यस्तै, बाँसको भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका थिए ।

आफू घरबाहिर भएका बेला श्रीमानले छोरीमाथि कुटपिट श्रीमती रेनुका विष्टले बताइन् ।

यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ ।

विष्टलाई छोरी पिटेको आरोपमा पक्राउ गरी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।-शब्द एक्स्प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖