पाँचथरको हिलिहाङमा नव निर्मित प्रहरी बिटको समुद्घाटन
पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ भालुचोक स्थित नव निर्मित प्रहरी बिटको समुद्घाटन भएको छ ।
माघ २३ गते आयोजित एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीको अध्यक्षतामा हिलिहाङ गाँउपालिका अध्यक्ष समर बहादुर अधिकारीको प्रमुख आतिथ्यमा नव निर्मित प्रहरी प्रहरी बिट समुद्घाटन भएको हो ।
कार्यक्रममा हिलिहाङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र कुमार लिम्बु लगायत वडा अध्यक्ष र स्थानियबासीको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय अमरपुर का कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक मदन कुमार मैनालीले गर्नु भएको थियो ।


