मोटरसाइकल दुर्घटनामा परी बिर्तामोडका २४ वर्षीय सुमितको मृत्यु

बिर्तामोड । मोटरसाइकल दुर्घटनामा परी बिर्तामोड ५ का २४ वर्षीय सुमित साहको मृत्यु भएको छ ।

आज दुर्गापुरबाट खुदनाबारी जाने भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा साहसहित मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा सुमितलाई साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय सिद्धार्थ साह घाइते भएका छन् । घाइतेको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖