विराटनगर स्थित भानु कलेजद्वारा पूर्वविद्यार्थीहरुलाई सम्मान

विराटनगर । विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आज विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो ।

एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहित पूर्वविद्यार्थी इन्जिनियर तथा सहज निर्माण सेवा प्रालिका संस्थापक आनन्द शर्मा र अर्गानिक घरका संस्थापक युवा उद्यमी अभिषेक गौतमलाई कलेजले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठलगायतले अविर, टीका, खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वरोजगारमूलक र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले प्रविधिमैत्री शिक्षाले मात्रै उत्पादित जनशक्तिले सहजै रोजगारी प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो ।

त्यस्तै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, कलेजक निर्देशक डा. नरेन्द्रकुमार चौधरी, सल्लाहकार समितिका सदस्य प्रा.डा. देवेन्द्र अधिकारी, देवेश प्रधान, कलेजका संयोजक रमेश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कलेजले फन फिष्टाअन्तर्गत विभिन्न विज्ञान र खानाको प्रदर्शनीसमेत आयोजना गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।