तेह्रथुममा जेठाजु र बुहारीको १० घण्टाको फरकमा मृत्यु

तेह्रथुम । तेह्रथुममा जेठाजु र बुहारीको १० घण्टाको फरकमा मृत्यु भएको छ।

लालीगुरास नगरपालिका वडानम्बर ८ सोल्मा पुरुन्दीन बस्ने एकै परिवाका जेठाजु र बुहारीको मृत्यु भएपछि परिवारसँगै सिंगो गाउँ सोकमा डुबेको छ ।

लालीगुरास ९ पुरुन्दीन बस्ने प्रेम भट्टराईका पत्नी ५९ बर्षिया खेम कुमारी भट्टराईको मृत्य भएको १० घण्टा पछि सहदोर दाजु ६९ बर्षिय तृलोचन भट्टराइको पनि माघ २५ गते बिहान मृत्यु भएको हो।
एकै परिवारका जेठाजु बुहारीको मृत्यु भएपछि स्थानीय पिगुवा खोला घाटमा एउटै समयमा अन्तयेष्टि गरिएको छ भने मलामी जाने सबै स्तब्ध भएका थिए ।

बिरामी भएकी खेमकुमारीको उपचारकै क्रममा नोबेल हस्पिटल बिराटनगरमा शुक्रबार बिहान पौने २ बजे निधन भएको थियो भने दिर्घरोगी भई घरमै सामान्य उपचार गरि रहेका जेठाजु तृलोचनको शुक्रबार बिहान १० बजे घरमै मृत्यु भएको परिवारले जनाएको छ।-सुन्दरहरैचा अपडेट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।