संखुवासभाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ
संखुवासभा, माघ २७ गते । संखुवासभाको मकालु गाउँपालिका-५ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २६ गते इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा स्थानिय ३० बर्षीय हेमराज बिश्वकर्माको घरमा खानतलासी गर्दा लोड गरेको भरुवा बन्दुक १ थान र वन्दुकमा प्रयोग हुने बारुद सहित बिभिन्न प्रकारका सामग्रीहरु बरामद गरेको हो ।
भरुवा बन्दुक सहित पक्राउ परेका बिश्वकर्माको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।


