झापाबाट लागुऔषध सहित ६ जना पक्राउ

झापा, माघ २८ गते । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २७ गते झापाको हल्दीबारी गाउँपालिका-३ स्थितमा प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका हल्दीबारी गाउँपालिका-२ का २२ बर्षीय आषिश हेमरन, २३ बर्षीय रवी महतो, ३१ बर्षीय सुजन राईलाई ब्राउन सुगर ४८० मिलिग्राम र बा. ४७ प ९८१४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक नगरपालिका-६ बाट ईलाम चुलाचुली घर भई हाल दमक-५ स्थित बस्दै आएका २५ बर्षीय रोहित राई र दमक-७ का ३० बर्षीय राजेश राईलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा १५० चक्की र दमक-८ का २५ बर्षीय प्रतिक श्रेष्ठलाई ट्रामाडोल, स्पास्मो र स्पास्पेन गरी जम्मा २२० चक्की सहित सोहि स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖