खोटाङमा कुटपिट मुद्दाको फरार प्रतिवादी २३ वर्ष पछि पक्राउ
खोटाङ । खोटाङमा कुटपिट मुद्दाको फरार प्रतिवादी २३ वर्ष पछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा साविक जिल्ला खोटाङ राखावाङदेल गा.बि.स.वडा नं. ०८ घर भई हाल मोरङ बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मी मार्ग बस्ने ४८ बर्षिया टंक राई भन्ने अश्विन कुमार राई रहेका छन् ।
राई कुटपिट मुद्दामा खोटाङ जिल्ला अदालतको २०५८ भाद्र २५गतेको फैसला आदेशानुसार २ बर्ष कैद र रु. ५ हजार जरिवाना ठहर भएका थिए ।
फरार राईलाई खोजतलास गर्ने क्रममा माघ ३० गते आफ्नै घरबाट पक्राउ गरि खोटाङ जिल्ला अदालत दिक्तेलमा पेश गरिएको र अदालतको फैसला कार्यन्वयनको लागि कारागार कार्यालय खोटाङ पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरीक्षक सन्जु कार्कीले जानकारी दिए ।


