मोरङको बेलबारीमा एक महिलाले आफ्नी ६ महिनाकी छोरीलाई लिएर पोखरीमा हामफालेपछि..
मोरङ । मोरङको बेलबारीमा एक महिलाले आफ्नी ६ महिनाकी छोरीलाई साथमा लिएर नजिकैको माछा पोखरीमा हामफालेकी छन्।
स्थानीयहरूले घटना देखेपछि तत्कालै दुवैलाई उद्दार गरी विराटनगरको विराट नर्सिङ अस्पताल पुर्याएका थिए। अस्पताल पुगेपछि चिकित्सकहरूले शिशुलाई मृत घोषित गरेका छन् भने आमाको अवस्था गम्भीर रहेको र उनलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाको अनुसन्धान इन्स्पेक्टर किशोर बहादुर खत्रीको नेतृत्वमा भइरहेको छ।


