जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट

काठमाडौँ । अब जिमेल लगइनमा दुई-चरणको प्रमाणिकरण (टू स्टेप भेरिफिकेसन) क्यूआर कोड मार्फत हुने भएको छ । गुगलले ६ अंकको एसएमएसको सट्टा क्यूआर कोड स्क्यान गरेर प्रमाणीकरणको विकल्प ल्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । जीमेल मार्फत हुने साइबर ठगी रोक्न गुगलले यो निर्णय गरेको हो ।

साइबर ठगी र नक्कली खाताहरू सिर्जना हुनबाट रोक्नको लागि, गुगलले दुई-चरण प्रमाणीकरणको विकल्प सुरु गरेको थियो, जसमा मोबाइल नम्बरमा ६ अङ्कको कोड एसएमएस मार्फत मोबाइलमा आउँछ र त्यस मार्फत प्रमाणीकरण गरिन्छ । तर साइबर अपराधीहरूले यसमार्फत फोन ह्याकिङ, सिम स्वापिङ र फिसिङ जस्ता घोटाला पनि गरिरहेपछि नयाँ विकल्पको रुपमा क्यूआर कोडको प्रयोग गर्न लागिएको हो ।

गुगलको यो निर्णयको पछाडि ट्राफिक पम्पिङ वा टोल ठगी पनि कारण हो । यस ठगीमा, साइबर अपराधीहरूले मानिसहरूको टेलिफोन वा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल प्रणालीहरू प्रयोग गर्छन् र उनीहरूलाई अनावश्यक र अवैध टोल शुल्क वा अन्य शुल्क तिर्न बाध्य पार्छन्। यसमा अपराधीहरूले हरेक सन्देशको लागि पैसा पाउँछन् ।

जीमेलका प्रवक्ता रस रिचेन्डरफरले एसएमएस कोडहरूले प्रयोगकर्ताहरूका लागि जोखिम निम्त्याउने बताए । कम्पनीले सुरक्षालाई अझ सुदृढ पार्न र ह्याकर आक्रमणहरू रोक्न र कम गर्न काम गरिरहेको बताएको छ । क्यूआर प्रमाणीकरण मार्फत जीमेल खाताहरू पहिलेभन्दा बढी सुरक्षित हुने कम्पनिको दाबि छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖