सहिद भीमनारायण गोल्डकप चैत १७ गते देखि
धनकुटा, १८ फागुन । सहिद भीमनारायण गोल्डकपको १७ संस्करण आउँदो चैत्र १७ गतेबाट धनकुटामा संचालन हुने भएको छ ।
धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा संचालन हुने प्रतियोगिता संचालनको तयारी स्वरुप १० वटा उपसमिति गठन गरिएको छ । जस अन्तरगर्त आर्थिक व्यवस्थापन उपसमितिको संयोजक शम्भु प्रधान, प्रचार प्रसारको संयोजक विदुर खवास , मञ्च व्यवस्थापनको संयोजक विनय राई रहेका छन । त्यस्तै सुरक्षा, स्वयमसेवकको संयोजकमा नविनकिश्वर शाक्य,फिल्ड व्यवस्थापनको संयोजक गोविन्द राई, टीम व्यवस्थापन संयोजक सुमन श्रेष्ठ, बसोवास व्यवस्थापन संयोजक पुनम राणा,कार्यक्रम तयारी तथा अभिलेखिकरणको संयोजक रामबहादुर श्रेष्ठ ,प्राथमीक उपचार संयोजक रोशन अमात्य र सचिवालयमा शिशिर श्रेष्ठ रहेको आयोजक भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।
पाँचलाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगितामा एडिभीजन सहितका ८ टीमको सहभागिता रहने आयोजक भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ । प्रतियोगिता संचालन हुने खेल हेर्न शुल्क तिर्नु नपर्ने ब्यबस्था मिलाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ४६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिका संयोजक शम्भू प्रधानले जानकारी दिनुभयो ।


