मोरंगको रंगेलीमा छोराद्वारा बुवामाथि छुरा प्रहार, छोरा प्रहरी नियन्त्रणमा
मोरंग । रंगेलीमा एक छोराले आफ्नै बुवामाथि छुरा प्रहार गरेको घटना सार्वजनिक भएको छ।
घाइते बुवालाई उपचारका लागि रंगेली अस्पताल लगिएको छ भने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार, घटनामा संलग्न छोराको नाम अशोक रहेको बताइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।-सुन्दरहरैचा अपडेट


