मोरङको धनपालथानमा आगोलागीबाट १९ वटा घर जली नष्ट ,एक नाबालिकाको मृत्यु

मोरङ, चैत्र ६ गते । मोरङ धनपालथान गाउँपालिका-७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागि हुँदा घर भित्र रहेकी उनको ४ बर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ ।

चैत्र ०५ गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली खटी स्थानियबासी र ५ वटा दमकलको सहयोगमा पौने २ बजे आगो नियन्त्रण गरेको थियो । आगलागीबाट नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको थियो ।

यसैगरी दिउँसो पौने ३ बजे उदयपुर चौदण्डीगढी नगरपालिका-७ का शरण कुमार राईको घरमा बिधुत सट भई आगलागी हुदाँ नजिकमा रहेको सर्वधन राई र कालुमान राईको घर समेतमा आगलागो फैलिई पुर्णरुपमा जली नष्ट भएको, सोही घर नजिक रहेको ४ वटा घर आंसिक क्षेति हुँदा करिव १ करोड २२ लाख बराबरको क्षति भएको छ । उक्त आगो इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थानियबासी र ३ वटा दमकलको सहयोगमा साँझ ५ बजे पुर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

अधिकांस आगलागीका घटनाहरु मानवीय त्रुटीका कारणबाट नै हुने गर्दछन, जसको रोकथाम तथा न्यूनिकरण गर्न हामी सवै सचेत हुन जरुरी रहेको छ ।

आफ्ना बालबालिकाहरुलाई जथाभावी सलाई, लाईटर खेलाउन नदिने, खाना पकाई सकेपछि आगो राम्ररी निभाउने, ग्याँस सिलिण्डरको प्रयोगमा सावधानी अपनाउने, चुरोट विँढीको ठुटो जथाभावी नफाल्ने, वन जंगलमा आगो लगाउँदा घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाउने, बन भोज पछि होसियारी पूर्वक आगो निभाउने, घरमा बिद्युत सट हुन नदिन गुणस्तरिय सामग्री प्रयोग गरी वाईरिङ गर्ने, गाईगोठमा मच्छड धपाउन आगो नवाल्ने, आगो लगायत प्रज्वलनशिल पदार्थको प्रयोगमा सावधानी अपनाउने हो भने गाउँ बस्ती र शहरहरुमा हुने आगलागीको घटनाबाट सुरक्षित रहन सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖