युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण

काठमाडौं, चैत्र ०८ । युसिएमएस भैरहवाले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा निःशुल्क दन्त परीक्षण गरेको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल युसिएमएस भैरहवाले आज श्री सत्य साई वृद्धाश्रम र श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा निशुल्क दन्त परिक्षण गरेको हो । असपतालले शिविरमा सहभागीहरुको दाँतमा जटिल समस्या देखिएको बिरामीहरुलाई उपचार सेवामा २५% छुटको व्यवस्था समेत गरेको छ ।

सत्य साई वृद्धाश्रममा २५ जना आमाबुवाको उपचार गरिएको अस्पतालका इन्टर्न डा. बिन्नी श्रिवास्तवले बताउनु भयो । जाँच गर्ने क्रममा दाँत खिइएको, गिजाको समस्या र कसैको दाँत नभएको समस्याहरु देखापरेको उहाँले बताउनु भयो ।

यसैगरी आश्रमका आमाहरुले यसरी दाँतको परिक्षण गराउन पाउदा धेरै खुसि भएको बताउनु भयो ।  साथै आश्रमको अध्यक्ष माया खरेलले अस्पतालाई धन्यवाद दिँदै धेरै राम्रो कार्य गरेको बताउनु भएको छ ।

उता श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा ३५० जना विद्यार्थी र ५० जना विद्यालयका कर्मचारीहरुको नि–शुल्क दन्त परिक्षण गरिएको अस्पतालका इन्टर्न डा. कोपिल शिरिश मगरले जानकारी दिनु भयो । उनले उक्त विद्यार्थीहरुको दाँत किराले खाएको,  दाँत दुखेको र ब्रस गर्दा गिजाँबाट रगत आउने समस्या रहेको बताउनु भयो ।

दैनिक जीवनमा हामी हाम्रो दाँत र गिजाको महत्त्व बिर्सन सक्छौं। तर, मुख स्वास्थ्यको बेवास्ताले हाम्रो मुस्कान मात्र होइन, हाम्रो समग्र स्वास्थ्यलाई पनि गम्भीर असर पुर्याउन सक्ने युसिएमएसका इन्टर्न डा. कल्पना पाण्डेले बताउनु भयो ।

अस्पतालको डा. अदिति शाहले बिहन र बेलुका गरेर दिनमा दुईपटक ब्रस गर्ने, कम्तीमा दुई मिनेट ब्रस गर्ने र हरेक ६ महिनामा नजिकैको अस्पता वा डेण्टल गर आफ्नो दाँतको चेकजाच गराउनु आवश्यक रहेको बताउनु भयो ।  

त्यसैगरी,  अस्पतालले श्री सत्य साई वृद्धाश्रम र श्री सम्तेश्वर विद्यालय, मायादेवी–२ मा मुख स्वास्थ्य किट वितरण गरेको छ । जसबाट जेष्ठ नागरिकहरू र साना बालबालिकाहरूले घरमै दन्त सेवा प्राप्त गर्न सक्छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।