मोरङ, झापा र उदयपुरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ
विराटनगर,चैत्र १० गते । मोरङ, झापा र उदयपुरको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ७ जनालई पक्राउ गरेको छ ।
चैत ०९ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मोरङ सुन्दरहरैचा-१० का २३ बर्षीय गणेश दाहाल, २७ बर्षीय सुमन कोइराला, २९ बर्षीय डिकेश कार्की र २६ बर्षीय यज्ञ राम कार्कीलाई ब्राउन सुगर २ ग्राम ३ मिलिग्राम र प्रहरी चौकी आँपगाछी(ख) मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले रंगेली-५ आपगाछी स्थित सडक छेउमा वेवारिसे अवस्थामा रहेको BR38X3092 नम्बरको भारतिय मोटरसाईकलमा रहेको झोला चेकजाँचको क्रममा प्रतिबन्धित औषधी ट्माडोल-१० हजार १ सय क्याप्सुल, डाइस्कालोमाइट-१० हजार २ सय ४० ट्याव्लेट बरामद भए संगै मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भद्रपुर-५ का २५ बर्षीय मोहमद अनारुलाई ब्राउन सुगर १ ग्राम २५० मिलिग्राम सहित पक्राउ गरेको छ, भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.२-०१-००२प ७८६३ नम्बरको मोटरसाईकलमा सवार रहेका उदयपुर त्रियुगा-३ का ३७ बर्षीय रोहित चौधरी र ३१ बर्षीय नागेश्वर चौधरीलाई ३ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
प्रतिबन्धि लागूऔषध सहित पक्राउ परेका उनिहरूको थप अनुसन्धान भईरहेको छ ।


