सुनसरीको बराहक्षेत्रमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु
सुनसरी, चैत्र २२ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु भएको छ ।
चैत्र २१ गते साँझ पकलिबाट चतरा तर्फ जादै गरेको प्र.१-०२-०४३ प ५३०९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकी स्थानीय ७७ बर्षीया मन माया गिरीलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी उनको बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान घोपा, धरानमा उपचारको क्रममा सोही राती मृत्यु भएको हो ।
मोटरसाईकल र मोटरसाईकल चालक मोरङको केरावारी नगरपालिका-५ का ३३ बर्षीय अनिल बि.क.लाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।


