यसरी बन्दैछ त्रिबी क्रिकेट मैदान, सहरी विकास मन्त्री पुग्दा जे देखियो

काठमाडौं, ४ बैशाख । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन । 
 
बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास समेत व्यक्त गरेका हुन ।
 
निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।
 
ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भएपनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफुले जोड दिएको उल्लेख गरे । 
 
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । झरी परिरहेकै बेला उपप्रधानमन्त्री सिंह कीर्तिपुर पुगेका हुन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖