धनकुटामा भलिवल उत्सव सुरू
धनकुटा,५ बैशाख । धनकुटामा आजबाट भलिवल उत्सव सुरु भएको छ । जिल्ला भलिबल संघ धनकुटाकाे आयाेजनामा धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भलिवल उत्सव सुरु भएकाे हाे ।
नयाँ खेलाडी उत्पादन र भलिवल खेलप्रति आकर्षण बढाउँन उत्सव भलिबल उत्सवकाे आयाेजना गरिएकाे भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताउँनु भयो । पन्ध्र दिनसम्म संचालन हुने उत्सवमा धनकुटाका २० ओटा वडाका भलिवल खेलाडी सहभागि हुने ४३ खेलको तालिका सार्वजनिक गरिएको छ ।
यस्तै ६ वटा स्थानीयतहबाट सहभागी महिला भलिवलका ९ वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । भलिबल उत्सव संग रमाइलो मेला तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे समेत आयोजना गरिएको छ ।


