नेकपा एमाले चौबिसेले यसरी मनायो पार्टी स्थापना दिवस

विनोद भण्डारी/बैसाख १०,धनकुटा(चौबिसे) । नेपाल कम्युनिस्ट पार्टी एमाले चौबिसे गाउँ कमिटीले पार्टीको ७६ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा पार्टीले लोकतन्त्र अघि र पछिको नेपाली समाजको तथ्यगत तुलनात्मक विश्लेषण विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।

कार्यक्रममा पाटीका अग्रज नेताहरुलाई सम्मान स्वरुप उनीहरुको जीवन भोगाई र बिचारहरु राख्न दिईएर पाटी स्थापना दिवश मनाईएको हो । लोकतन्त्रलाई अहिले चौतर्फी हमला भईरहेको समयमा सम्पूर्ण पार्टी पंक्ति डटेर सामना गर्न भ्रमहरु चिर्न आ आफ्नो ठाउबाट सशक्त प्रतिरोध गर्न तयार हुनुपर्ने पार्टीका स्थानीय अग्रज कर्ण बहादुर कटुवालले बताउनु भयो।

त्यस्तै अर्का नेकपा एमालेका अग्रज मान बहादुर चेम्जोङले निरंकुश पन्चायती व्यवस्थामा जनताको पीडा देखेर कम्युनिस्ट पार्टीले मात्रै देशमा परिवर्तन ल्याउन सक्छ भनेर पार्टीमा आवद्द भएकोमा आफुलाई गौरव लाग्ने बताउनु भोयो ।

तर अहिले पार्टीका धेरै कार्यकर्ताहरुलाई सामाजिक सन्जालमा देखिने भ्रमपुर्ण समचारले निरासा ल्याउने भएकाले सत्यतथ्य समाचार मात्रै विश्वास गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा गाउँ पाटीका उपाध्यक्ष टंक माया पाङमी मगरले स्वागत मन्तव्य राख्दै लोकतन्त्र पछि महिलाका अधिकार स्थापित भएको बताउनुभयो ।

कार्यक्रम पार्टीका गाउँ कमिटी अध्यक्ष जीवन कटुवालले राजतन्त्र भन्दा पछि भएका उपलब्धीका बारेमा बुदा गत रुपमा लोकतन्त्र अघि र पछिको अवस्थाका बारेमा चित्रण गर्नु भएको थियो।

चौबिसे गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य खजिन्द्र राई,राजकुमार चेम्जोङ,तिलक कार्की,राधिका भण्डारी, प्रदेश सल्लाहकार मानबहादुर चेम्जोङ,टेक प्रसाद भण्डारी,जेष्ठ कम्युनिष्ट मञ्चका अघम ब थापा,नेकपा एमाले जिल्ला कमिटिी सल्लाहाकार कर्ण बहादुर कटुवाल लगाएत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो।(प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖