देउवालाई दबाबमा राख्न प्रधानमन्त्री ओली र प्रचण्डबीच खासखुस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले १९ वैशाखमा आगामी आव २०८२–८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै कार्यक्रममाथि छलफल सुरु भएको हो ।

प्रधानमन्त्री ओली रोस्ट्रमबाट आफ्नो आसनमा फर्किने र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोस्ट्रममा जाने क्रममा जम्काभेट भएको थियो ।

त्यहीक्रममा प्रधानमन्त्री ओली र प्रचण्डबीच केहीबेर खासखुस भयो । सो क्रममा प्रधानमन्त्री ओलीले हातले इशारा गर्दै प्रचण्डलाई मञ्च देखाइरहेको जस्तो देखिन्थ्यो ।

साथै, प्रचण्डले पनि प्रधानमन्त्री ओलीको कुरामा सहमति जनाए जसरी मुन्टो हल्लाएको जस्तो दृश्य देखिन्थ्यो । त्यसपछि प्रचण्ड मुस्कानसहित रोस्ट्रमतिर र प्रधानमन्त्री ओली आफ्नो आसनतर्फ अघि बढेका थिए ।-राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।