विराटनगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा

विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ ।

बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो ।

महानगरका सबै वडाहरुमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई) घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको थियो ।

सर्वेक्षणका क्रममा १५ महिना मुनिका शून्य डोजका ५ जना बच्चा, ७७ जना ड्रप आउट बच्चा, १६ देखि ५९ महिनाका शून्य डोजका १० जना बच्चा र ३७९ जना ड्रप आउट बच्चाहरुलाई राष्ट्रिय खोप तालिकाबमोजिम खोप लगाई वडाहरुबाट पूर्णखोप सुनिश्चितता घोषणा गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिनुभयो ।

खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले घोषणासँगै आगामी दिनमा खोप सुनिश्चितताको दिगोपनाको प्रतिबद्धतासमेत जनाइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖