सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

काठमाडौं, २८ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्ति प्रति आक्रोश पोखेका छन् ।
 
माओवादी अध्यक्ष प्रचण्डले ‘सरकार डरले रूझेको बिरालो भएको छ’ भन्ने अभिब्यक्ति प्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले सोधेका छन, ‘प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ?’
 
उनले सरकारले गरेका काम कारबाहीको तथ्यांक राख्दै भनेका छन, ‘यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ ।’
 
उनले बर्तमान केपी ओली सरकार निर्माण भए पछि प्रचण्ड प्रधानमन्त्री हुदाँको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको दावी गरेका छन । उनका अनुसार ओली सरकार गठन भए पछि विदेशी मुद्राको संचिति बढेको, सोधनान्तर स्थितिमा उल्लेख्य बचत भएकोछ, निर्माण व्यावसायिलाई काम वापतको प्रचण्ड नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको भन्दै पोखरा–मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदीमा भएको प्रगति उल्लेख गरेका छन ।
 
‘भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ,’ उनले भनेका छन, ‘वैंकको तरलता वृद्धि भएको छ, व्याँजदर घटेको छ र लगानी वृद्धि हुन थालेको छ।’
 
यसो त, कानून निर्माणको कामले तिव्रता पाएको, कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको र कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको भन्दै उनले भनेका छन्, ‘भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ, सरकारको स्थायित्वको आधार तयार भएको छ ।’
 
उनकाे प्रश्न छ, ‘उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।