नेकपा एमाले महालक्ष्म्मी नगरपालिका धनकुटाको ९ वटै वडाको वडा अधिवेशन सम्पन्न
धनकुटा । नेकपा एमाले महालक्ष्म्मी नगरपालिका धनकुटाकाे ९ वटै वडाकाे वडा अधिवेशन सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिका वडा ७ बाट बैशाख २४ गते देखि सुरु भएको वडा अधिवेशन जेठ १७ गते सम्पूर्ण वडामा ३१-३१ सदस्यकाे वडा कमिटी गठन गर्दै वडा अधिवेशन सम्पन्न भएको हाे ।
वडा अधिवेशन सम्म्पन्न संगै महालक्ष्मी नगरपालिका भित्र ३ बर्षको लागि नयाँ नेतृत्व चयन गरिएको छ ।
वडा अधिवेशनबाट वडाहरुमा वडा कमिटी अध्यक्षमा राम बहादुर राया, यत्न बहादुर कटुवाल, पुष्प बहादुर थापा , देबेन्द्र कटुवाल , डिक बहादुर पुरी , सुरेन्द्र बस्नेत , कोमल सुवेदी , गोबिन्द भण्डारी र चेतबहादुर भण्डारी चयन हुनु भएको छ । सबै वडा कमिटी ५ पदाधिकारी सहित ३१ सदस्यीय बनेकाे नेकपा एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्कीले जानकारी दिनु भयो ।








