अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्मेलन भोलि
धनकुटा,२६ जेठ । अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्मेलन भोली जेठ २७ गते आयोजना हुने भएको छ ।
धनकुटा आज पत्रकार सम्मेलन गर्दै आयोजकले सम्मेलन बारे जनाकारी गराएको हो । आठौं जिल्ला सम्मेलनको तयारी लगभग पुरा भएको अखिल नेपाल महिला संघ धनकुटाकी अध्यक्ष मनकुमारी तितुङ्गले जानकारी दिनु भयो ।
अनेमसंघ केन्द्रीय उपाध्यक्ष मञ्चु काफ्ले सम्मेलनको प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको अनेमसंघले जनाएको छ ।
पत्रकार सम्मेलनमा पूर्व मन्त्री राजेन्द्र कुमार राई, अनेमसंघकी केन्द्रय सदस्य यज्ञकरमारी रुचाल, नेकपा एमाले धनकुटाका जिल्ला अध्यक्ष शिव आङ्गला, नगर कमिटी अध्यक्ष अर्जुन छारा लगायतको उपस्थिी रहेको थियो ।


