झापाको बिर्तामोडमा एक महिलामा कोरोना संक्रमण पुष्टि
झापा । झापाको बिर्तामोडमा एक जना ५२ वर्षिय महिलामा को!रोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिर्तामोड ५ की ५२ वर्षिय महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ।
विर्तासिटी अस्पताल मा गरिएको एन्टिजेन परीक्षणमा उनमा सं!क्रमण पुष्टि भएको हो भने महिला घरमै आइसोलेसनमा बसिरहेकी छिन्।


