राज्य संचालनमा भएका कमी कमजोरी सच्याउदै जानुपर्ने :मन्त्री राई
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि भुपेन्द्र राईले राज्य संचालनमा भएका कमी कमजेरीहरु सच्याउदै जानुपर्ने बताउनु भएकाे छ ।
नेपाल प्रेस युनियन माेरङले आजदेखी विराटनगरमा सञ्चालन गरेकाे पूर्वाधार आयाेजनामा लैङ्गिकता सम्बन्धि अभिमुखिकण कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले त्यस्ताे बताउनु भएकाे हाे । मन्त्रि राईले आफुले गरेका कामहरुकाे विषयमा समेत सकरात्मक र नकरात्मक दुबै पक्षका समचारहरु आउन जरुरी रहेकाे बताउनु भयाे । नकरात्मक कुराहरुले नेतृत्वलाई सच्चिने र सुधारिने अवसर प्राप्त हुने भन्दै दुवै खालका समचारहरु आउन जरुरी रहेकाे स्पष्ट पार्नुभयाे ।
उहाले जबसम्म पत्रकारिताकाे कलमलाई बलियाे बनाउन सकिँदैन तबसम्म सरकार र नेतृत्वकाे कुरा सूक्ष्म तरिकाले भन्न नसकिने धारणा राख्नु भयाे । विश्वकाे ईतिहास हेर्दा लाेकतन्त्रबाट पनि तानाशाह जन्मिने भन्दै मन्त्रि राईले यस्ता कुरालाई उजागर गर्न र लाेकतन्त्रलाई बलियाे बनाउन पत्रकारिता एवं पत्रकारहरुकाे बलियाे हात रहेकाे उल्लेख गर्नु भयाे । त्यसैले यस कार्यका लागि आफू सधै सकरात्मक र तत्पर रहेकाे उहाँले बताउनु भयाे ।


