कांग्रेस नेता तथा संविधानसभा सदस्य यादवको निधन

रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको उपचारका क्रममा निधन भएको छ ।

मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

स्वास्थमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधबार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिने उनले जानकारी दिए ।

उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बाराले जनाएको छ ।

२०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।