रास्वपा पाख्रीबासद्वारा हस्ताक्षर संकलन अभियान जारी
धनकुटा,१८ असार । धनकुटाको पाख्रिबासमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको हस्ताक्षर संकलन अभियानलाई निरन्तरता दिएको छ ।
जस अन्तर्गत आज पाख्रिबास नपा ९ को उत्तरपानी क्षेत्रमा अभियान संचालन गरेको छ । अभियानलाई साथ दिंदै २ सय ५१ जनाले हस्ताक्षर गरेको रास्वपा पाख्रीबास नगर संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।
यस अघि नगरको वडा नं ३,४,१० मा अभियान सम्पन्न गरिसकेको रास्वपाले असार १९ गते वडा नं ५ को डिकुरे क्षेत्रमा संकलन गरिने रास्वपा पाख्रीबासले जनाएको छ ।
अभियानमा रास्वपा जिल्ला सदस्य रुद्र राउत,नगर सभापति मणि भुजेल,सचिव विदुर न्यौपाने,४ नं सभापति राधिका ढकाल,७ नं सभापति मोहन थापा,सदस्य भुपाल बस्नेत,४ नं RAT संयोजक शम्भु बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रबि लामिछाने माथि राज्यले गरेको चरम दमन र प्रतिशोध बिरुद्धमा देश भर जनताको हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।


