कस्ता हुनु पर्छन् विद्यालयहरु ?

ध्रुव एलेक्स । विद्यालय भनेको औपचारिक शिक्षा , सीप तथा व्यवहार परिबर्तन गराउने परिवार , समुदाय वा समाजको मुल संस्था हो । अनौपचारिक रुपमा अनेक किसिमका दर्शन , सिद्धान्त वा ज्ञान आर्जन गर्न सकेता पनि त्यसको मान्यता औपचारिक शिक्षाको जस्तो स्वीकारयोग्य नभएको हाम्रो बुझाई हुन्छ तसर्थपनि विद्यालयहरु ज्ञान श्रीवृतीका मुल ढोकाहरु हुन् । विद्यालयहरु शान्त , सभ्य , शिष्ट , द्वन्द्वरहित र आम जनसमुदाय र विद्यार्थीको भविष्य निर्माणमा सुनिश्चितता कायम गर्ने हुनुपर्छ । माध्यमिक तह उतिर्ण गरिसकेपछि जिवननिर्वाह गराउन सक्ने खालको यानिकी पढ्दै – कमाउदै गर्ने किसिमको हुनुपर्छ ताकि अब युरोप या अमेरिकनका कुन देश ताक्ने भन्ने खालको हुनुहुँदैन ।

विद्यालयहरु एउटा सुन्दर गाउँ जस्तो पुर्वाधारले सम्पन्न हुनुपर्छ । विद्यार्थीहरु विद्यालय प्रवेश गर्दा आहा ! मेरो विद्यालय भन्नेखालको पहिलो नजरमै देखिनुपर्छ । त्यस्तो विद्यालय होस् जसलाई सम्झदा मात्र पनि स्कुल जान मन लागिहालोस् । विद्यालयमा फुटबल , भलिबल , टेबलटेनिस , ब्याडमिन्टन , बास्केटबल , क्रिकेट , कबड्डी जस्ता खेलहरु खेल्न र खेलाउन सक्ने पुर्वाधार र औजारहरु हुन जरुर आवस्यक छ । त्यसो हुन सके राष्ट्रिय स्तरमा देशका अनेक भुगोलबाट विविध विधामा खेलाडीहरु उत्पादन हुन्छन् । यसो हुन सक्दा अन्तराष्ट्रिय जगतमा खेलको प्रतिस्पर्धा हुनेछ र देशको मुहार खेल शिक्षामार्फत संसारमा चिनिन्छ जसरी धेरै देशहरु आज विश्वमा चिनिएका छन् ।

यसो विगतलाई फर्किएर हेर्यो भने हाम्रो देशको शिक्षा प्रणालीमा उहीँ पढ्नेहरुको प्रतिशत वृद्धि भएको मात्र देखिन्छ तर प्रणालीमा त्यस्तो भिन्नता देखिदैन । कक्षागत सिकाई विलकुल सैद्धान्तिक छ । प्रयोगात्मक शिक्षा बामे मात्रै सर्दै छ । कृषि , स्वास्थ , विज्ञान , फलफूल , पशुपालन , पर्यटन , कम्प्युटर प्रविधि जस्ता प्राविधिक विषयहरु प्रसस्तै मात्रामा खोलिन सकेका छैनन् । यस्ता प्राविधिक विद्यालयहरु विद्यालय तहमै अनिवार्य विषयका रुपमा शिक्षण हुन आवष्यक मात्र होइन अती आवस्यक छ । जनशक्ति उत्पादन र व्यवस्थापनको मर्म अनुरुप नितिगत निर्णय गर्न नसके हाम्रो युवाहरु सदैब पलायन हुन विवश हुनछन् । राज्य एउटा बाटोमा अनेकौ पटक बजेट विनियोजन गर्छ तर बाटो उहीँ कच्चि नै भइरहेजस्तो केही वर्ष आँखा चिम्लेर शिक्षा , स्वास्थ जस्ता क्षेत्रमा लगानी गर्न तयार हुनुपर्छ अन्यथा हाम्रो शैक्षिक स्थिति यथास्थितिवादी नै हुनेछ । अब प्रगतिशील हुनुपर्छ । विवेकशील हुनुपर्छ । लाटोकोसेरोको युगबाट हामी माथि उठ्नुपर्छ ।

विद्यालयहरुमा साहित्य , सङ्गीत , बाद्यबाजन जस्ता विधालाई अनिवार्य पढाइनुपर्छ – सिकाइनुपर्छ । मोबाइल बनाउने , मोटरसाइकल बनाउने , कमप्युटर बनाउने , डोजर बनाउने , इलेक्टि्रकल रिपेयरिङ , कपाल काट्ने , सिलाइबुनाई , व्यापार गर्ने जस्ता बहुआयामिक पक्षहरु विद्यालयमै सिकाइने वातावरण निर्माण गरेर विद्यालयहरुलाई नमुना बनाइनुपर्छ । बिग्रिएका सिकाउने होइन अबको युग भनेको नयाँ आविष्कार गर्ने युग हो हामी त्यतातर्फ दत्तचित्त हुन जरुरी छ । सरोकारवालाहरु त्यतातर्फ अब बहस सिर्जना गरेर व्यवहारत उत्रिन नसके हाम्रा विद्यालयहरु उहीँ स्कुल जाने – आउने र पछि असी प्रतिशत वैदेशिक रोजगारतिर कुलेलम ठोक्ने भन्दा अर्को उपाय केही हुनै सक्दैन । विद्यालय सबैप्रकारका जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्छ नत्र उहीँ हामीले शिक्षामा पढेजस्तो आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउने भन्या छ – भन्या छ मात्र हुने छ । प्रतिभाहरु बाहिर निकाल्ने हो भने अनेक विषय स्थापित गरि प्रयोगमा ल्याएर यो हावापानी सुहाउँदो दक्षता हासिल गराउन सबै पक्षबाट दबाव दिन पर्छ चाहे जति सुकै कठोरता अपनाउन किन नपरोस ?

राज्यले कतिपय विद्यालयलाई नमुना घोषित गरेर ठुलो विभेद गरेको छ । यसो गर्दा केही विद्यालयहरुलाई मात्र पक्षपोषण हुनेरहेछ । त्यहाँ गरिने लगानी विकेन्द्रीकृत पो गर्नुपर्छ । गाउँमा विद्यालयहरूको अवस्था हेरिनुपर्छ । सबै क्षेत्रका सबै तहका विद्यालयहरु समान तबरले विकास गरिनुपर्छ । उन्नत बनाइनुपर्छ । बजेटको सामर्थ्यमा भएकाहरुले पनि केही विद्यालयहरुमा मात्र बजेट थुपारेर अरुमाथि शोषण गर्नुहुँदैन । अलिक अगाडि मान्छेले मान्छेलाई भेदभाव गर्ने चलन थियो अइले विद्यालयमाथि भेदभाव गर्ने चलन देखिन्छ । समानताको नारा लाउनेहरुले बुझ्नुपर्छ विद्यालयहरुमा समानान्तर सोच , लगानी र समर्पण हुनुपर्छ ।

 

आधारभूत शौचालय , पिउने पानी , खेलमैदान , प्रयोगशालाहरु , सेमिनार , सम्मेलन गर्ने अवसर सबैलाई समान किसिमले पुर्याएडाक्टर , इन्जिनियर , शिक्षक , वैज्ञानिक कृषक र वैज्ञानिक देखि दक्ष र अर्धदक्ष मानव स्रोत उत्पादन र त्यसको व्यवस्थापन मा राज्यसत्ता लाग्न सके देशको मुहार छर्लङ्ग उग्रेको दिनमा सगरमाथा भन्दा टल्क्कै टल्किने कुरामा दुइमत छैन । अन्तिममा यस्तो कुरा सिकाइनुपर्छ कि उसको छाती देशप्रेमले भरियोस् । देशको माटोप्रति गद्दार गर्नु भनेको पलपल जिउँदै मर्नु हो । देशद्रोह र भ्रष्टाचार शून्य सहनसिलता पढाउनुपर्छ । यो पुस्ता पछिको पुस्ताले देश बनाउनेछ । धन्यवाद ।।

-पाख्रिबास, धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖