इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर

विराटनगर । विराटनगरस्थित इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

विराटनगर–१२ मलङ्गवास्थित जनता बाल कल्याण आधारभूत विद्यालयमा आयोजित आँखा जाँच शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । मेयर कोइरालाको आँखा जाँच गरी शिविरको शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोयरालाले मोबाइल र टेलिभिजनमा बढी केन्द्रित हुँदा बालबालिकाहरुमा सानै उमेरदेखि आँखाको समस्या देखिन थालेको बताउनुभयो ।

उहाँले विद्यालयस्तरदेखि नै आँखाको जाँच गरी समस्या पहिचान गर्न सके ठूलो समस्याबाट बच्च सकिने धारणा राख्नुभयो । ‘विद्यालयमा अध्ययन गर्दा नै आँखाको जाँच गरेर समस्या पहिचान गर्न सके भविष्यमा आउन सक्ने समस्याबाट बच्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यसतर्फ विद्यालय र अभिभावकले ध्यान दिनु आवश्यक छ ।’ इग्नाइट फाउण्डेसनले समाजसेवामा गरिरहेको कार्यप्रति मेयर कोइरालाले प्रशंसासमेत व्यक्त गर्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, विराट रानी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कमलेस कर्ण, आयोजक संस्थाका अध्यक्ष आश्रेय कोइराला, कोषाध्यक्ष राहुल साहनी, सदस्य रयान थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक–शिक्षिकाहरुको आँखाको जाँच गरिएको थियो । शिविरमा ७५ जनाले जाँच गराएका थिए । जसमा एकजना छात्र र दुईजना छात्रामा आँखाको समस्या देखिएको थियो । समस्या देखिएका छात्रछात्रले चस्मा लगाउनुपर्ने अवस्था देखिएको अस्पतालकी नेत्र विशेषज्ञ ज्योति राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार एकजना शिक्षिकाको आँखामा मासु पलाएको पाइएको छ । राजवंशीसहित मनिषा साह, रुविना बेगम, लिरिल चौधरीको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो ।

फाउण्डेसनले केही समयअघि ट्राफिक चोकमा बटुवाहरुलाई लक्षित गरी चिसो पानी वितरण सुरु गरेको थियो । हाल पनि दुईवटा माटाको भाँडा राखेर पानी वितरणलाई निरन्तरता दिइएको छ । समाजसेवाप्रति युवालाई आकर्षित गर्न इग्नाइट फाउण्डेसन स्थापना गरी विभिन्न सामाजिक कार्य गरिरहेको अध्यक्ष कोइरालाको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।