प्रभु साहको प्रश्न, ‘तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भयो ?’

काठमाडौं, २९ असार ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेस सहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् ।

 

प्रधानमन्त्री देखी मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्ध खानेपानी समेत नपाउँने दुखद बिषय भएको टिप्पणी उनले गरे । 

 

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा उनले पानीको हाहाकार हुँदा समेत सरकार गम्भिर नभएको भन्दै यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । साहले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’

 

दुई तिहाईको शक्तिशाली सरकार मानवता विरोधी र जवादेही सरकार नभएको टिप्पणी उनले गरे । संविधानमा खानेपानीलाई मौलिक हक भनिएको भए पनि सरकारले किन सुकुम्बासी बस्तीमा खानेपानी रोकेको भन्दै उनले यस बारेमा सरकारसंग जवाफ मागेका छन् । 

 

‘काठमाडौंको सुकुम्बासीहरु झण्डै एक सातादेखी खानेपानीका लागि आन्दोलित छन् । प्रत्येक दिन काठमाडौंको केयूकेएलको कार्यालय अगाडी खानेपानी माग्दै घेराउ र धर्ना उनीहरुले गरिरहेका छन् । म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासीलाई खानेपानी किन रोक्नुभयो रु,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘तपाईहरु आफ्ना लागि विदेशबाट महंगा मिनिरल वाटर मगाएर खानुपर्ने तर नेपाली जनता नर्मल पानीका लागि पनि तडपिनुपर्ने रु म जान्न चाहन्छु नेपाल सरकारको सुकुम्बासीप्रति कस्तो धारणा हो रु के सुकुम्बासी मान्छे हो की होइन रु गरिबहरु मान्छे हो की होइन रु हो भने यही ठाउँको महलमा पानीको सप्लाई जाने र सुकुम्बासी बस्तीमा रोक्ने काम सरकारले किन गरेको हो ?’

 

 

सरकारले यथासिघ्र सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताउ । सरकार अलिकति पनि जवाफदेही र सम्बेदनशील छ भने सुकुम्बासी बस्तीमा तुरुन्त खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताए । खानेपानीका लागि आन्दोलन गरिरहेका सुकुम्बासीको आन्दोलन तुरुन्त सम्बोधन गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन् । साथै सुकुम्बासीप्रति विभेदन गर्न समेत उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरे । विभेद नगरी सुकुम्बासीलाई पनि खानेपानी उपलब्ध गराउँनुपर्ने उनले बताए ।  

 

यस्तै, उनले तराई मधेसमा खानेपानीको हाहाकार रहेको बताउदै सरकारले त्यसतर्फ तुरुन्त ध्यान दिनुपर्ने बताए । ‘इनार सुकेको छ, चापाकलमा पानी आउँदैन्, बोरिङहरुमा समेत पानी आउँन छोडेको छ । मान्छे पानीबिना तडपिरहेको छ, काकाकुलको अवस्था छ । यस्तो अवस्थामा यसबारेमा सरकारले के गरिरहेको छ रु सरकारले यसबारेमा जवाफ देओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।  

 

सरकारले कि संसदलाई गनिरहेको छैन वा सरकार बहिरो रहेको टिप्पणी उनले गरे । तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भएको भन्दै उलने जवाफ माग गरेका छन् । खानेपानीको अभाव बारेमा खानेपानी मन्त्री, सरकारले गरिमामय संसदमा जवाफ दिनुपर्ने र देखिएको समस्या तुरुन्त समाधान गर्नुपर्ने माग उनले गरे । यदी पानी जीवन हो भने सरकाले मान्छेको जीवनसंग खेलवाड गर्ने अधिकार नभएको उनले बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।