पाख्रिबासमा राधाकृष्ण मन्दिर बन्ने,साउन २६ मा शिलान्यास
धनकुटा । श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाले पाख्रिबास नगरपालिका ४ मा अवस्थित सिमसार, बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ ।
मन्दिर निर्माण समितिका अध्यक्ष बिष्णु बिक्रम निरौलाका अनुसार करिब डेढ रोपनी क्षेत्रफलमा मन्दिर निर्माण हुनेछ । मन्दिर परिसरमै सभाहल, शौचालय निर्माण हुनेछ ।
साउन २६ गते एक समारोहका बिच शिलान्यास गरिने भएकोले श्रीमद् भागवत प्रचारप्रसार सेवा संघका आजीवन सदस्य, राधाकृष्ण मन्दिर निर्माणमा सहयोग स्वरुप नगद वा निर्माण सामाग्री दिने दाता ,तथा यस पाख्रीबास नापाका सरोकारवालाहरुलाई मन्दिर निर्माण स्थलमा उपस्थित भइदिन अनुरोध पनि गरिएको छ ।
कार्यक्रम साउन २६ गते बिहानको १० बजेबाट हुने समितिले जनाएको छ ।



