रास्वपा सुनसरी सभापति श्रेष्ठले दिए पदबाट राजीनामा
इटहरी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवनकुमार श्रेष्ठले पदबाट राजीनामाको घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो विषय प्रस्तुत गर्दै उनले राजीनामा दिएका हुन्। पालिका अधिवेशनदेखि उम्मेदवारीसम्ममा बाइपास गरेको, उल्टै अभियोग लगाएर पार्टीले बेवास्ता गरेकोलगायतका विषय उनले विवरणमा उल्लेख गरेका छन्।
उनले आगामी अधिवेशनमा सहभागी नहुने समेत व्यहोरा जानकारी दिँदै साधारण सदस्य मात्र रहने घोषणा गरेका हुन्।
उनले लेखेका छन्,‘पार्टी नेतृत्व, सम्पूर्ण सहयात्री साथीहरू, शुभेच्छुक तथा पार्टीमा कार्यरत सबैप्रति म हार्दिक आभार व्यक्त गर्दछु।
करिब ३७ महिनाको मेरो राजनीतिक यात्रामा तपाईंहरूको साथ, सहयोग र विश्वासका लागि आभारी छु। यस यात्राको क्रममा मेरा तर्फबाट कुनै कमजोरी, त्रुटि, वा असजिलो अवस्था सिर्जना भएको भए, त्यसका लागि म क्षमाप्रार्थी छु।’

Screenshot


