लिङदेन बिरूद्द राप्रपामा मोर्चाबन्दी सुरू, बस्यो इत्तर समुहको अलग्गै बैठक

काठमाडौं, १९ साउन । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र कलह चुलिएको छ । 

अध्यक्ष लिङदेनको मनोमानी बिरूद्द भन्दै संस्थापन इतर समूहले अलग्गै बैठक गरेका छन। सोमबार हात्तीसार, कमलादीस्थित नेपाल हाउसमा उनीहरूले अलग्गै भेला गरेका हुन् ।

सो बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको नेतृत्वमा उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र  कुन्तीकुमारी शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक महामन्त्री प्रेम बलायरलगायत पदाधिकारीसमेत सहभागी रहेका थिए ।

साथै सो बैठकमा बागमती र कर्णाली प्रदेश अध्यक्ष क्रमशः विक्रम बहादुर थापा र दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता
(पदमुक्त भएका) सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ, ऋषिराज देबकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी रहेको जनाइएको छ ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई क्रमशः पदमुक्त गर्ने क्रम बढे पछि इतर समूह थप असन्तुष्ट रहेको बेला यो बैठक बसेको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।