माओवादी केन्द्रको स्थायी समिति बैठकमा एकता र रूपान्तरणमा जोड

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न भएको छ ।

 

गत साउन १६ गतेदेखि सुरु भई चार दिनसम्म चलेर आज सकारात्मक निष्कर्षसहित सम्पन्न भएको हो।

 

बैठकले पार्टी एकताको महत्वमा जोड दिँदै, छलफलमा स्वतन्त्रता र कार्यान्वयनमा एकरूपताको सिद्धान्त सबैले अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार निजी स्वार्थमा केन्द्रित, पार्टी हितविरुद्ध क्रियाशील स्वार्थ समूह वा गुटहरूको अन्त्य गर्ने सामूहिक संकल्प पनि बैठकले गरेको छ।

 

प्रतिगमन र यथास्थितिवादलाई परास्त गर्दै सामाजिक–आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न पार्टीको नेतृत्व अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको छ। यस ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीको रूपान्तरण र पुनर्गठन प्रक्रियालाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय पनि भएको छ।

 

‘बैठकले कमरे विप्लव सी नेतृत्वको नेकपा लगायत अन्य क्रान्तिकारी शक्तिसँग पार्टी एकताको पहल गर्दै वार्ता गर्ने, साथै समाजवादी मोर्चाको सुदृढीकरण र विस्तारमा सक्रिय प्रयास गर्ने निर्णय गरेको छ,’ श्रेष्ठले भने, ‘यसबीचमा पार्टीका गल्ती र कमजोरीहरूको समेत समीक्षा गरिएको छ।’

वर्षाका कारण स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई भाद्रको तेस्रो हप्तादेखि पुनः निरन्तरता दिने र यस वर्षको दशैंपछि केन्द्रीय समिति बैठक बस्ने, त्यही बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।