मुलुक जोगाउन बलियो राष्ट्रबादी शक्ति आबश्यकः कमल थापा

काठमाडौं, २० साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , बिकृति र बिसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रबादी शक्ति आबश्यक भएकोमा जोड दिएका छन । 

पार्टीद्वारा काठमाडौं–१ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले २०६२ ÷०६३ को मार्गचित्र गलत र त्रुटिपूर्ण भएको तथा पुर्णत असफल भएको समेत दाबी गरेका छन् ।

देश र जनताले नयाँ बैकल्पिक शक्तिको खोजी गरेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले देशको हित गर्नै नसक्ने ठोकुवा समेत उनले गरेका छन् । 

उनले कुशासन, भ्रष्टाचार, बेरोजगारी, महङ्गी, धर्म परिबर्तनलाई रोक्न एकपटक जनता जुरुक्क उठ्नुपर्नेमा जोड दिदै आन्दोलनको बाताबरण निर्माण गर्नुपर्ने आबश्यकता औल्याएँ। 

कार्यक्रममा तारानाथ लुइँटेल, श्याम घिमिरे, पुष्पा खरेल भट्ट, उज्वल पोखरेल लगायतले बोलेका थिए । प्रशिक्षण उपत्यकाको १५ वटै क्षेत्रमा सघन रूपमा संचालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖