आन्तरिक विवादका बीच बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिदै

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने तयारी गरेका छन् ।नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

विश्वासको मत लिनु अघि कांग्रेसमै विवाद देखिएको छ । बहादुरसिंह लामाले राजीनामा दिनुअघि आफुले मन्त्री बनाएका तिन जनालाई निरन्तरता दिनुपर्ने शर्त राखेका थिए र त्यसमा सहमति भएको थियो । तर अहिले बानियाँले सो सहमति पालना नगरेको भन्दै लामाले तीन जनालाई मन्त्री नबनाए विश्वासको मत नदिने रणनीति बनाएका छन् । बागमती प्रदेशमा रहेका १४ मन्त्रालयमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ ।

एमालेले आफ्नो भागका ६ मन्त्री सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई जनामा मात्र मन्त्री पठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖