नाउपाको अध्यक्षको रुपमा रञ्जितालाई आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठलाई नै मान्यता दिएको छ ।

आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्वीकार गरेको आयोग स्रोतले जानकारी दिएको छ । नाउपाको भेलाले श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।

पार्टी संरक्षक रेशम चौधरी समुहको भेलाले साउन १६ गते लालवीर चौधरीलाई अध्यक्षतामा सर्वसम्त चयन गरेर आयोगमा जानकारी गराएको थियो । त्यसपछि संस्थापक अध्यक्ष रहेकी रञ्जिताले पनि निर्वाचन आयोगमा आफु अध्यक्ष रहेको दाबीसहित निवेदन दिएकी थिइन् ।

दुवैको निवेदन परेपछि दुवैसँग जवाफ मागेको आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको छ ।रञ्जिता विवादित अडियो प्रकरणमा मुछिएपछि विवादमा रहेकी छन् भने उनी अख्तियारको छानविनको दयारामा समेत रहेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।