पहिलो पुस्तालाई बिदाइ गर्ने गृहकार्यमा राजनीतिक दल

काठमाडौं। जेनजी पुस्ताको आन्दोलनले चुनौती थपेपछि संसद्वादी विरासत बोकेका दलहरू पहिलो पुस्तालाई बिदाइ गरेर जनमत समेट्ने गृहकार्यमा जुटेका छन् । पटकपटक नेतृत्वमा रही सत्ता र शक्तिको दम्भ देखाएका कारण युवा जनमत भड्किएर जेनजी आन्दोलन निस्किएको आन्तरिक निष्कर्ष निकालेका दोस्रो र तेस्रो पुस्ताका नेताले जनभावनाअनुसार आफूलाई पुनर्गठन गर्ने संकेत दिएका छन् ।

जेनजी आन्दोलनमा ‘अकूत सम्पत्ति’ र ‘नेपो बेबी’का कारण सबैभन्दा धेरै आलोचित पात्रका रूपमा उदांगो पारिएका शेरबहादुर देउवा सभापति रहेको पार्टी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आत्मालोचना गर्दै माफी मागेका छन् । यसको स्पष्ट संकेत नेपाली कांग्रेसले मूल नेतृत्वबाट देउवा र उनको समूहको नेतृत्व बिदा गर्नेतर्फ संकेत गरिएको छ ।

थापाले भनेका छन्, ‘हामीले आउँदो पुस्ताका लागि राजनीति गर्ने हो भने जेनजी पुस्ताको भावनालाई सुन्नैपर्छ, त्यसका लागि विगतमा भएका कमजोरीमा माफी मागौं ।’ शुक्रबार विभिन्न राजनीतिक दलका दोस्रो तहका १६ जना नेताले सामूहिक विज्ञप्तिमार्फत जनमत बुझ्न नसकेकामा आत्मालोचना गरेका छन् ।

उनीहरूले आफ्ना पार्टीलाई लोकतान्त्रीकरण र जनमतअनुसार अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन् । संसद्वादमा विश्वास गर्ने र विद्यमान संविधान र संसद् जोगाउन चाहने राजनीतिक दलआबद्ध ती नेताले वर्तमान संकटको समाधान संविधानसम्मत हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबारदेखि भएको छलफल र बिहीबार राति भएको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन् । ‘आन्दोलनको शैलीमा आलोचना गर्नुपर्ने थुप्रै विषय भए पनि उठाएका मागहरूमा हाम्रो भावनात्मक एकता र समर्थनसँगै विगतका कमजोरीप्रति आत्मालोचनासमेत गर्ने र जेनजी पुस्ताले संविधान र विधिसम्मत ढंगबाट देश चलाउनु आन्दोलनको भावना हुनेमा जोड दिएका छौं,’ झाँक्रीले भनिन् ।

झाँक्रीले थपिन्, ‘आन्दोलनले स्थापित गरेका मुद्दा भ्रष्टाचार अन्त्य गरी सुशासनको सुनिश्चितता, राजनीतिक स्थायित्व, परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने, सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको संकटको अवस्था सिर्जना गरेकाले आइन्दा यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिन राजनीतिक दलसम्बन्धी कानुन परिमार्जनमार्फत सत्तालाई दुरुपयोग गर्ने अवस्था अन्त्य गरियोस् ।’

नेताहरूले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा अवाञ्छित तत्वहरूले सार्वजनिक र निजी संरचना राज्यका तथ्य तथ्यांक स्रेस्ता सम्पूर्ण जलाएर समाप्त पारिएको प्रति दुःख व्यक्त गर्दै छानबिनको माग गरेका छन् । संकट समाधान तथा आगामी राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सुझावसमेत दिइएको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताए ।

विज्ञप्तिमा नेताहरू नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट, माओवादी नेता जनार्दन शर्मा, देवेन्द्र पौडेल, सुदन किराती, अमनलाल मोदी रहेका छन् । विज्ञप्ति जारी गर्नेमा एकीकृत समाजवादी नेतृ झाँक्री, महासचिव घनश्याम भुसाल र प्रकाश ज्वाला छन् । कांग्रेसका एनपी साउद, मीनेन्द्र रिजाल र चन्द्र भण्डारी छन् ।-राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।