बडादशैं आजदेखि सुरु,घर–घरमा जमरा राखिंदै

काठमाडौ । यसपालिको बडादशैं आज सोमबारदेखि सुरु भएको छ । नेपालीको महान् चाडको पहिलो दिन घटस्थापनाका दिन घर–घरमा जमरा राखेर मनाइने गरिन्छ ।

आजदेखि नौ दिन दुर्गा भगवतीको विशेष पूजाआजा गरी दुर्गा शप्तसती पाठ–पारायण गर्ने चलन छ । दशौं दिनका दिन मान्यजनको हातबाट टीका–प्रसाद ग्रहण गरी आशीर्वाद लिने गरिन्छ । असत्यमाथि सत्यको विजय भएको प्रतीकका रूपमा यस पर्व मनाइने गरेको बाबा गोरखनाथ पञ्चाङ्गका पञ्चाङ्गकार श्रीकेश कौशिकले बताए । पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंको घटस्थापनादेखि पूर्णिमासम्मको शुभसाइत दिने गरेको छ ।

‘हरेक व्यक्ति, समाज, राष्ट्रले उन्नति–प्रगति गर्न शक्ति आवश्यक हुन्छ । त्यो शक्ति देवी दुर्गाबाट प्राप्त गर्न सकिने भएकाले आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि नवमी तिथिसम्म भगवतीको विशेष पूजा–पाठ गर्ने चलन छ’, वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख तथा पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराई भन्नुहुन्छ– ‘दशमीका दिन सोही भगवतीको टीका–प्रसाद पण्डित तथा मान्यजनबाट ग्रहण गर्ने गरिन्छ ।’

गरिब निमुखाले पनि यस बेला मीठो खानेकुरा खाई दशैं मनाउने गर्दछन् । घरबाहिर तथा परदेश गएका पनि दशैं मनाउन घर फर्कने गर्दछन् । आफन्तजनसँग भेटघाट तथा शुभाशिष् लिन पनि सबै जना एकत्रित हुने गर्दछन् ।

यसै तिथिमा देवी नवदुर्गाले आततायी राक्षस महिषासुरको बध गरी विजय प्राप्त गरेकाले विजय उत्सवका रूपमा पनि विजयादशमी नेपालीले धुमधामका साथ मनाउने गरेको पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले बताउनुभयो ।

नवरात्रिको पहिलो दिन प्रतिपदा तिथिमा शैलपुत्री स्वरूप देवीको पूजा गरिन्छ । द्वितीयामा ब्रह्मचारिणी, तृतीयामा चन्द्रघण्टा, चतुर्थीमा कुष्माण्डा, पञ्चमीमा स्कन्दमाता, षष्ठीमा कात्यायनी, सप्तमीमा कालरात्रि, अष्टमीमा महागौरी र नवमीमा शिद्धिदातृ स्वरूप दुर्गाको पूजा–उपासना गर्ने गरिन्छ ।

यस्तै, विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले पनि विभिन्न देशको स्थानीय तिथिलाई आधार मानेर शुभसाइत निर्धारण गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।